काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । माघ १७ गतेका लागि बाेलाइएकाे बैठक विशेष कारणबस बस्न नसकेकाे संसद् सचिवालयले आइतबार सूचनामार्फत जानकारी दिएकाे हाे ।
यसअघि माघ ३ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारणवश भन्दै माघ १७ गतेका लागि सारिएकाे थियाे । यसअघि पनि राष्ट्रिय सभाकाे बैठक पटक-पटक सर्दै आइरहेकाे छ ।
प्रतिनिधि सभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएकाे छ ।
