काठमाडाैं । वाग्मती प्रदेश सभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापतिमा नेकपा एमालेका उम्मेदवार चयन हुनुभएकाे छ ।
अर्थ तथा विकास समितिकाे सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोख्रेल साेमबार निर्विराेध निर्वाचित हुनुभएकाे हाे । दुबै समितिकाे सभापतिमा १-१ जनाको मात्रै उम्मेदवारी परेपछि उहाँहरूलाई स्वतः सभापति घोषणा गरिएको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे थियाे । साे समयसम्म एमालेको मात्रै उम्मेदवारी परेको थियाे । दुवै समितिमा प्रतिपक्षीको बहुमत भएकाले सत्ता गठबन्धन निर्वाचन प्रक्रियामा नै सहभागी भएन ।
