काठमाडाैं । भाेलिका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक सारिएकाे छ ।
भाेलिका लागि बस्ने तय भएकाे प्रतिनिधि सभा बैठक फागुन २ गतेका लागि सारिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । संसद् सचिवालयले बैठककाे सम्भावित कार्यसूची तय गरिसकेकाे थियाे । साे सम्भावित कार्यसूचीमा एमसीसी भने राखिएकाे छैन।
सरकारकाे आग्रहमा बैठक सारिएकाे बताइएकाे छ । प्रधानमन्त्री देउवाले आज मङ्गलवार बेलुकी कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको बताइएको छ ।
