काठमाडाैं । नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलकाे सचेतकमा अमृता शाही मनाेनीत हुनुभएकाे छ ।
कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले अमृतालाई सचेतकमा मनाेनीत गर्नुभएकाे हाे । शाहीले दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम उहाँलाई सचेतकमा मनाेनीत गर्नुभएकाे हाे ।
यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई साे जिम्मेवारी दिइएको हो ।
