काठमाडाैं । प्रतिनिधि सभा बैठक सुरु भएकाे छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आजकाे बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध गरेकाे छ । बैठक सुरु हुनासाथ एमाले सांसद्हरु राेस्टम अगाडि उभिएर नाराबाजीसहित विराेध थालेका छन् ।
सभामुख अग्निप्रसाद सापकाेटाले बस्न आग्रह गरेपनि प्रतिपक्षी सांसद्ले विराेध कायमै राखेका छन् ।
सभामुखकाे कदमकाे विराेधमा एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ । आफूले कारबाही गरेका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।
