काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक फागुन ६ गते बस्नेगरी स्थगित भएकाे छ ।
५९ दिनपछि आज बसेकाे बैठक केहीबेर बसेर स्थगित गरिएकाे हाे । थारू आयोगको वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले बैठककाे कार्यसूची अगाडि बढाउनुभएकाे थियाे ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन ०७७-०७८’ पेस गर्नुभएकाे छ ।त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पेस गर्नुभएका विभिन्न शोक प्रस्तावहरू बैठकले पारित गरेकाे छ ।
