काठमाडौं । प्रतिनिधि सभा बैठकमा बुधबार पनि नेकपा एमालेले आफ्नो विरोध जारी राखेको छ । सभामुखले पदीय मर्यादाको पालन नगरेको भदै एमालेले प्रतिनिधि सभा बैठकमा लगातार विरोध जनाउँदै आएको छ । एमाले सांसदले सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको, पदीय मर्यादा पालना नगरेको, संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै नारा लगाएका छन् । एमालेले कारबाही गरेका माधव नेपाल लगायतका सांसदलाई कारबाही गरेको सूचना सार्वजनिक नगरेको भन्दै एमालेले प्रतिनिधि सभामा लगातार विरोध जनाउँदै आएको छ । विरोधकै बिच थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन कानुन मन्त्री दिलेन्द्र बडुले प्रतिनिधि सभा समक्ष पेस गर्नुभएको थियो । त्यस पछि बैठकमा विभिन्न शोक प्रस्ताव पेस गरिएको थियो । अर्को बैठक २०७८ फागुन ६ गते शुक्रबार बस्ने गरी सभामुखले स्थगित गर्नुभएको छ । आजको बैठकमा एमसीसी टेबुल हुने भनिएको भए पनि गठबन्धनका बिचमा सहमति हुन नसक्दा सो फाइल टेबुल भएन ।
प्रतिनिधि सभामा एमालेको विरोध जारी
काठमाडौं । प्रतिनिधि सभा बैठकमा बुधबार पनि नेकपा एमालेले आफ्नो विरोध जारी राखेको छ । सभामुखले पदीय मर्यादाको पालन नगरेको भदै एमालेले प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
