काठमाडाैं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधि सभाकाे अर्काे बैठकमा एमसीसी टेबल हुने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै साे कुरा बताउनुभएकाे हाे । एमसीसीबारे देखिएकाे विवादबारे बहस गर्न पनि एमसीसी टेबल गर्नैपर्ने बताउनुभयाे ।
सार्वमौम सदनमा लगेर एमसीसीमाथि छलफल गर्नुपर्ने भन्दै उहाँले सार्वमौम संसद् हुदाहुँदै एमसीसीलाई सडकबाट टुंग्याउन नहुने बताउनुभयाे । एमसीसीमा सहमतिमा जुटाउनका लागि प्रतिनिधि सभा बैठक फागुन ६ सम्म स्थगित गरिएकाे समेत उहाँले बताउनुभयाे ।
सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समावादीले नमाने के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा बडूले भन्नुभयाे - 'हामीबीच आपसी सहमतिका लागि आज र भोलिको समय छ, जहाँसम्म सहमतिकै आधारमा शुक्रबार बस्ने संसद बैठकमा एमसिसी टेबल हुन्छ,यसका लागि हामी प्रयास गर्छौं ।'
