काठमाडाैं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकाेटा नसच्चिएसम्म सदनकाे अवराेध जारी रहने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् भट्टराईले एमालेले कारबाही गरेका १४ सांसद्लाई पदमुक्त नगरेसम्म सदन अवराेध जारी रहने बताउनुभयाे ।
प्रमुख प्रतिपक्षीकाे मागका विषयमा सत्तापक्ष र सभामुख गम्भीर नभएकाे बताउँदै भट्टराईले भन्नुभयाे -'हामीले जे कुरा उठाएका छौँ त्यो समाधानका लागि सभामुख र प्रधानमन्त्रीले सार्थक पहल गर्नुपर्यो,हाम्राे विषमा सभामुखको लापरबाही देखियो, सभामुखको पक्षधरता देखियो,याे अन्त्य हुनुपर्छ ।' आफूहरुका माग सम्बाेधन नहुँदासम्म सदन अवराेध कायमै रहने उहाँले प्रष्ट पार्नुभयाे ।
