काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७-०७८ पेस गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
आजकाे बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल हुने बताइएकाे छ । तर सम्भावित कार्यसूचीमा भने एमसीसीलाई राखिएकाे छैन । यद्यपि प्रतिनिधि सभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्दैछ । साे बैठकले प्रतिनिधि सभाकाे कार्यसूची तय गर्नेछ ।
सत्ता गठबन्धनकाे नेतृत्व गरिरहेकाे कांग्रेसका नेताहरुले आजकाे बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।
