काठमाडौं । सभमुख अग्निप्रसाद सापकोटाले बेलाउनुभएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समिति बैठकमा आज पनि एमालेले अनुपस्थिति जनाएको छ ।
आजको प्रतिनिधि सभा बैठक बस्नु अघि सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउनुभएको हो । बैठक बस्नु अघि बैठकमा प्रस्तुत हुने एजेण्डाको बारेमा छलफल गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका सचेतक लगायतको संलग्नतामा सभामुखले कार्यव्यवस्था समितिको बैठक राख्ने प्रचलन रहेको छ ।
सभामुखले संविधान मिचेर काम गरेको भन्दै उहाँले बोलउनु भएको बैठक एमालेले बहिष्कार गर्दै आएको छ । एमालेले कारबाही गरेका माधव नेपाल लगायतका सांसद्लाई कारबाही गरेको सूचना टाँस नगरेको भन्दै सो पार्टी सभामुखसँग रुष्ट भएको छ ।
एमालेले सोही विषयलाई लिएर प्रतिनिधि सभामा समेत विरोध जनाउँदै आएको छ । एमालेको विरोधका कारण प्रतिनिधि सभा बैठक प्रभावित हुँदै आएको छ ।
