काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवराेध कायमै राखेकाे छ ।
शुक्रबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले राेस्टम अगाडि आएर नाराबाजी गरेका छन् । आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर एमालेले सदनमा विराेध गर्दै आएकाे छ ।
