काठमाडाैं । प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७-०७८ पेस भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले सदनकाे कामकारबाही अगाडि बढाउनु भएकाे थियाे । बैठक फागुन ८ गतेसम्मका लागि स्थगित भएकाे छ ।
