काठमाडौ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा पनि नेकपा एमालेले विरोध जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदले रोष्टम अगाडी गएर नारा लगाउँदै विरोध जनाएका थिए ।
नेकपा एमालेले कारबाही गरेको माधव नेपाल लगायतका सांसद्को कारबाहीको सूचन सभामुखले सार्वजनिक नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।
विरोधकै बिचमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूलाई सभमुखले आदिवासी जनजाति आयोगको वार्षीक प्रतिवेदन प्रतिनिधि सभा समक्ष पेस गर्न अनुमति दिनुभएको थियो ।
प्रतिवेदन पेस गरेपछि अर्को बैठक फागन ८ गते बस्ने गरी सभामुखले स्थगित गर्नुभएको छ । प्रतिनिधि सभाको अर्को बैठक फागुन ८ गते दिउँसो १ बजे बस्ने भएको छ ।
