काठमाडाैं । आइतबार बस्ने प्रतिनिधि सभा बैठककाे सम्भावित कार्यसूची सार्वजनिक भएकाे छ ।
संघीय संसद सचिवालयका अनुसार भाेलि दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि एउटा मात्र कार्यसूची तय गरिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७-०७८ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
एमसीसी सदनमा पेस हुने चर्चा चलेपनि सम्भावित कार्यसूचीमा राखिएकाे छैन । यद्यपि प्रतिनिधि सभा बैठक अगाडि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाइएकाे छ । साे बैठकले बैठककाे कार्यसूची तय गर्नेछ ।
एमसीसीमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेकाे छैन । सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन । गठबन्धनकाे एउटा दल एकीकृत समाजवादीकाे आज बसेकाे स्थायी कमिटी बैठकले एमसीसी टेबल गर्न दिने तर विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।
