काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७-०७८ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
एमसीसी सदनमा पेस हुने चर्चा चलेपनि सम्भावित कार्यसूचीमा राखिएकाे छैन । यद्यपि प्रतिनिधि सभा बैठक अगाडि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाइएकाे छ । साे बैठकले बैठककाे कार्यसूची तय गर्नेछ ।
एमसीसीमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेकाे छैन । सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।
