काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा अवराेध कायमै राखेकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले आजकाे बैठक सुरु भएकाे जानकारी गराएलगत्तै एमालेका सांसद्हरुले राेष्टम अगाडि आएर नाराबाजी गरेका छन् । तर एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले सदनकाे कार्यसूची अगाडि बढाउनु भएकाे छ ।
उहाँले अहिले माओवादीका प्रमुख सचेतक देव गुरुङलाई बाेल्न समय दिनुभएकाे छ । गुरुङले अहिले आफ्नाे भनाइ राखिरहनुभएकाे छ । प्रतिनिधि सभाकाे आजकाे बैठकमा एमसीसी टेबल हुँदैछ ।
