काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १२ गते बस्नेगरी स्थगित भएको छ ।
आज बसेकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्नुभएकाे थियाे । प्रमुख प्रतिपक्षीकाे सदन अवराेध र सत्ता पक्षकै सांसद्काे नाराबाजीबीच मन्त्री कार्कीले एमसीसी टेबल गर्नुभएकाे हाे ।
एमसीसी टेबल हुनुअघि माओवादीका प्रमुख सचेतक देव गुरुङ, एमाले सांसद् भीम रावल, नेमकिपा सांसद् प्रेम सुवाल र जनमाेर्चाकी सांसद् दुर्गा पौडेल एमसीसी विरुद्ध बाेल्नुभएकाे थियाे ।
