काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झाैता सदनबाट पास हुने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले साेधेकाे जिज्ञासाकाे संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताउनुभएकाे हाे । प्रधानमन्त्री ज्यू एमसीसी के हुन्छ अब भनेर सञ्चारकर्मीकाे जिज्ञासाकाे जवाफमा उहाँले भन्नुभयाे - 'अब पास हुन्छ ।'
आज बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी पास गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माकाे तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्नुभएकाे हाे ।
कार्कीले एमसीसी पेस गर्ने बेलामा सत्ता पक्षकै सांसद्ले नाराबाजी गरेका थिए ।
