काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरु नरहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी टेबल भएको भए पनि पास गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे -'एमसीसी पास गर्ने सम्बन्धमा हाम्राे समर्थन छैन ।'
सरकार के हुन्छ त भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा नेपालले भन्नुभयाे - 'सरकार के हुन्छ हुन्छ थाहा छैन ।' आज बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्नुभएकाे थियाे । त्यसक्रममा सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी,एकीकृत समाजवादी र जनमाेर्चाका सांसद्ले नै नाराबाजी गरेका थिए ।
