काठमाडाैं । मधेश प्रदेशकाे प्रदेश सभा बैठक आज बस्दैछ ।
आज दिउँसाे २ बजेका लागि बैठक आह्वान गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ ।
यसअघि फागुन १ गते बस्ने भनिएकाे बैठक विशेष कारण देखाउँदै स्थगित गरिएकाे थियाे ।
