काठमाडाैं । गण्डकी प्रदेश सभाकाे हिउँदे अधिवेशन फागुन २६ गतेका लागि आह्वान गरिएकाे छ ।
मंगलबार बसेकाे गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले फागुन २६ गते प्रदेश सभाकाे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । फागुन २६ गते हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सिफारिस गर्ने निर्णय भएकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ ।
