काठमाडौं । एकीकृत समाजवादीका सांसद् झलनाथ खनालले एमसीसीमा पास गर्ने सहमति कुनै हालतमा नगरिने बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसी पास हुनै नसक्ने दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे - 'एमसीसीमा कहिल्यै कुरा मिल्दैन,तपाईंहरुले आसै नगर्नुस् ।' गठबन्धन अस्थायी कुरा भएकाे भन्दै उहाँले राष्ट्रकाे हितलाई कहिल्यै नछाेड्ने बताउनुभयाे ।
एमसीसीका कारण गठबन्धन भत्कन्छ कि भत्कँदैन भन्ने सञ्चारकर्मीकाे प्रश्नमा खनालले भन्नुभयाे - 'गठबन्धन बन्छन्,टुट्छन्, अहिलेसम्म भत्केकाे छैन,पर्खनुस् ।' सरकार कहिले छाेड्ने भन्ने विषयमा भने उहाँले केही प्रतिक्रिया दिनुभयाे । एमसीसी पास गर्न खाेजे सडकमा आगाे बल्ने चेतावनी नेता खनालले दिनुभयाे । 'सडक आवश्यकता बमाेजिम तात्छ,तात्छ मात्र हाेइन बल्छ ।'
