काठमाडाैं । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
एमसीसीबारे छलफल गर्ने कार्यसूचीसहित बिहीबार बाेलाइएकाे बैठक अन्तिम समयमा स्थगित गरेर आजका लागि सारिएकाे थियाे । आजकाे बैठक पनि विशेष कारण देखाउँदै १५ गतेसम्मका लागि स्थगित गरिएकाे छ ।
अर्काे बैठक फागुन १५ गते दिउँसाे १ बजे बस्ने संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । एमसीसीमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएकाे हाे ।
