काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमा गरिएकाे व्याख्यात्मक घाेषणा पेस गर्न माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल गरियाेस् भन्ने प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै गुरुङले यसबारे अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनुभयाे । एमसीसीले नेपालकाे सार्वभौम अधिकारमाथि प्रश्न उठाएको गुरुङले बताउनुभयाे । नेपालकाे सार्वभाैम अधिकार र संविधान खण्डित नहुनेगरी प्रक्रियाबाट लैजानुपर्ने उहाँले बताउनुभयाे ।
एमसीसीमा विराेधकाे सूचना राखिएकाे नदेखिएकाे पनि उहाँले बताउनुभयाे । एमसीसी कम्पनीलाई आफूहरुले गरेका घाेषणा स्वीकार्य भए मात्र एमसीसी स्वीकार्न सकिने पनि उहाँले बताउनुभयाे ।
