काठमाडाैं । नेकपा एमालेका सांसद् भीम रावलले एमसीसीमा व्याख्यात्मक टिप्पणी भनेर जनतालाई ठग्न खाेजिएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसीमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै रावलले व्याख्यात्मक टिप्पणी भनेर जनतालाई ठग्नु गलत रहेकाे बताउनुभयाे ।
पार्टीले विराेध गरिरहेका बेला छलफलमा भाग लिनुभएका रावलले भन्नुभयाे - 'एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीबाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो ।'
महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो भएकाे पनि रावलले बताउनुभयाे । देशघाती चरित्र देखिनु दुर्भाग्य भएकाे भन्दै उहाँले राष्ट्रघाती सम्झाैता विरुद्ध उभिन सबै नेपालीलाई आग्रह गर्नुभयाे ।
एमालेकाे अवराेधबीच एमसीसी अगाडि बढाइएकाेमा उहाँले कडा आपत्ति जनाउनुभयाे । एमसीसीकाे समर्थन गर्नेहरु राष्ट्रिय गद्दार भएकाे उहाँकाे भनाइ छ ।
