काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु भएकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच अगाडि बढाउनुभएकाे बैठकमा एमसीसी सम्झाैतामाथि छलफल गरियाेस् भन्ने प्रस्ताव पेस भएर छलफल सुरु गरिएकाे हाे ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएकाे हाे ।
साे छलफलमा देव गुरुङ,भीम रावल,झलनाथ खनालले भाग लिइसक्नुभएकाे छ ।
