काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद् महन्थ ठाकुरले एमसीसी सम्झाैता नेपालकाे हितमा रहेकाे बताउनु भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसीमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै लाेसपा अध्यक्ष समेत रहनुभएका ठाकुरले आफूहरु एमसीसीकाे पक्षमा रहेकाे बताउनुभयाे । एमसीसी राम्राे उद्देश्यले आएकाे भन्दै उहाँले एमसीसीका कारण मुलुकको स्वतन्त्रतामाथि कुनै आघात नपुग्ने बताउनुभयाे ।
नेपाललाई सात दशकदेखि अमेरिकाले विकास साझेदारको रुपमा सहयोग गर्दै आएको बताउँदै ठाकुरले भन्नुभयाे - 'एमसीसी सहयाेग अनुदानकाे रुपमा आएकाे छ, एमसीसी सहयोगले नेपालको गरिबी निवारण र आर्थिक वृद्धिदर बढाउन मद्दत गर्ने भएकाले म यो सम्झौताको पक्षमा छु ।'
