काठमाडाैं । नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवाललले एमसीसीमा व्याख्यात्मक प्रस्तावकाे औचित्व नभएकाे बताउनु भएकाे छ ।
आइतबारकाे प्रतिनिधि सभा बैठकमा एमसीसीमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद् सुवालले भन्नुभयाे - 'एमसीसीमा नेपालकाे हितमा छैन, एमसीसी व्याख्यात्मक प्रस्तावकाे औचित्य छैन, अमेरिकाले अस्वीकार गर्ने बताइसक्याे ।'
सित्तैमा पाइयो भन्दैमा विष पिउने हो भने मृत्यु निश्चित हुने बताउँदै सुवालले प्रश्न गर्नुभयाे - 'प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,प्रधानमन्त्री ज्यू , सित्तैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।'
एमसीसी सम्झाैता अमेरिकाले नेपालका लागि नगरेकाे पनि सुवालले बताउनुभयाे । अमेरिकी अधिकारीले नै एमसीसी सैन्य माेर्चा भएकाे स्वीकार गरिसकेका उहाँले बताउनुभयाे । एमसीसी राष्ट्रघाती सम्झाैता भएकाले कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभयाे ।
