काठमाडौं । एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार बसेकाे बैठकमा साे प्रस्ताव पेस गर्नुभएकाे थियाे । प्रमुख प्रतिपक्षीकाे अवराेधबीच बैठकमा विभिन्न दलका सांसदहरूले धारणा राखेका थिए ।
छलफल सकिएलगत्तै सभामुख अग्निप्रसाद सापकाेटाले प्रस्ताव निर्णयार्थ पेस गर्नुभएकाे थियाे । साे प्रस्ताव बहुमतले स्वीकृत भएकाे उहाँले घाेषणा गर्नुभयाे ।सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक आजै साढे ६ बजे बस्नेगरी स्थगित गर्नुभएकाे छ ।
साे बैठकले एमसीसी अनुमाेदन गर्नेछ ।
