काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएको छ ।
प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएकाे थियाे ।
शर्माले पेस गर्नुभएकाे प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गर्नुभएकाे थियाे । त्यसपछि उहाँले ध्वनि मतका आधारमा एमसीसी सम्झाैता पारित भएको घाेषणा गर्नुभएकाे थियो ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
