काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८’ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले 'नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । मन्त्री आलेले नै 'नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
