काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा अवराेध कायमै राखेकाे छ ।
प्रतिनिधि सभाकाे आजकाे बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले राेष्टम अगाडि आएर नाराबाजी गरेका छन् । आजकाे बैठकका लागि एउटा मात्र कार्यसूची तय छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८’ पेस गर्नुहुने कार्यसूची छ ।
आफूले कारबाही गरेका १४ सांसद्लाई पदमुक्त नगरेकाे भन्दै नेकपा एमालेले गत ७ महिना यता सदन अवराेध गर्दै आएकाे छ । सदनका कुनै कामकारबाही भाग लिएकाे छैन । यद्यपि एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले बैठक अगाडि बढाउँदै आउनुभएकाे छ ।
