काठमाडाैं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले आज शपश ग्रहण गर्दै छन् ।
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष सिंहदरबारमा ११ शपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे संघीय संसद् सचिवालयले जनाएको छ । शपथपछि १९ सदस्यकाे कार्यकाल सुरु हुनेछ । एक मनोनीत सांसद्को नाम टुंगिन बाँकी छ । राष्ट्रपतिले १ जनालाई राष्ट्रिय सभामा मनाेनीत गर्ने व्यवस्था छ ।
गत माघ १२ गते भएकाे राष्ट्रिय सभा सदस्य चुनावबाट नेपाली कांगेसका ६, ओवादी केन्द्र र एकीकृत समाजवादीका ५-५ तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १-१ जना निर्वाचित भएका थिए ।
कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत निर्वाचित हुनुभएकाे थियाे । माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्की विजयी हुनुभएकाे थियाे । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले निर्वाचित हुनुभएकाे थियाे ।
जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा विजयी हुनुभएकाे । राष्ट्रिय सभामा जनमाेर्चाले पहिलाे पटक इन्ट्रि गरेकाे हाे ।
४ वर्षे कार्यकाल सकेर १ जना मनाेनीत सहित राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका छन् ।
