काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार दिउँसाे १ बजे बस्ने बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २१औं वार्षिक प्रतिवेदन आव २०७७-०७८ पेस गर्नहुने कार्यसूची छ ।
त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्नेछ । सभामुख अग्निप्रसाद सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाउनुभएकाे हाे । साे बैठकले प्रतिनिधि सभाकाे कार्यसूची तय गर्नेछ ।
