काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा अवराेध कायमै राखेकाे छ ।
प्रतिनिधि सभाकाे आजकाे बैठक सुरु भएलगत्तै एमालेका सांसद्ले राेष्टम अगाडि आएर नाराबाजी गरेका हुन् । आफूले कारबाही गरेका १४ सांसद्लाई पदमुक्त नगरेकाे भन्दै नेकपा एमालेले गत ७ महिना यता सदन अवराेध गर्दै आएकाे छ ।
सदनका कुनै कामकारबाहीमा एमालेले भाग लिएकाे छैन । यद्यपि एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले बैठक अगाडि बढाउँदै आउनुभएकाे छ ।
