काठमाडौं । नेकपा एमालेका सांसद् मोहन बानियाँ निलम्बित हुनुभएकाे छ ।
आज बसेको प्रतिनिधि सभा बैठकले बानियाँलाई निलम्बन गरेको हो । सभामुख अग्निप्रसाद सापकाेटाले साे जानकारी दिनुभएकाे हाे । बलात्कार अभियाेग लागेपछि सांसद् बानियाँ अहिले प्रहरीकाे नियन्त्रणमा हुनुहुन्छ ।
आज बसेकाे प्रतिनिधि सभा बैठकले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबरा विरुद्धकाे परेकाे महाअभियोग प्रस्ताव छानबिन गर्न ११ सदस्यीय सिफारिस समिति पनि गठन गरेकाे छ ।
प्रतिनिधि सभाकाे अर्काे बैठक फागुन २९ गते बस्नेछ ।
