काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबरा विरुद्धकाे परेकाे महाअभियोग प्रस्ताव छानबिन गर्न ११ सदस्यीय सिफारिस समिति बनाइएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकले सदनमा रहेका सबै दलकाे प्रतिनिधित्व हुनेगरी ११ सदस्यीय छानबिन समिति गठन गरेकाे हाे । गत भदाैदेखि सदनकाे काम कामकारबाहीमा भाग नलिएकाे प्रमुख प्रतिफक्षी नेकपा एमालेका सांसद्लाई पनि समितिमा राखिएकाे छ । यद्यपि एमालेकै सहमतिमा चार सांसद्लाई समितिमा राखिएकाे हाे ।
बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले प्रस्ताव गर्नुभएकाे सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले पारित भएकाे छ । यद्यपि समितिमा बसेपनि एमालेले सदन अवराेध भने कायमै राखेकाे छ । आज पनि बैठक सुरु हुनासाथ एमाले सांसद् वेल अगाडि आएर नाराबाजी गरेका थिए ।
आफूले कारबाही गरेका माधव नेपालसहित १४ सांसद्लाई पदमुक्त गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग गर्दै एमालेले गत भदाैदेखि सदन अवरुद्ध गर्दै आएकाे छ ।
यी हुन् समितिमा रहेका सांसद्
नेकपा एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिवमाया तुम्बाहाम्फे
४. कृष्णभक्त पोखरेल
नेपाली कांग्रेस
५. मिनबहादुर विक
६. रामबहादुर विष्ट
नेकपा माओवादी केन्द्र
७. यसोदा सुवेदी
८. रेखा शर्मा
एकीकृत समाजवादी
९. कल्याणी खड्का
लोकतान्त्रिक समाजवादी
१०.एकवाल मियाँ
जनता समाजवादी
११. प्रमोद साह
