काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले 'अर्ली इलेक्सन' मा जानुपर्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संसद् भवनमा पत्रकारसँग कुरा गर्दै नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा बितण्डा मच्याएकाले अर्ली इलेक्सनमा जानुपर्ने बताउनुभयाे ।
ओलीले आफूहरूलाई हैरान पारेको भन्दै उहाँले प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानु उपयुक्त हुने बताउनुभयाे । 'हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्ता मात्रै खाने, हामीलाई हैरान पार्ने, संसदमा केपी ओलीको बितण्डा कति सहने ?'-माधवकाे प्रश्न छ ।
आफूले कारबाही गरेका माधव नेपालसहित १४ सांसद्लाई पदमुक्त गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग गर्दै एमालेले गत भदाैदेखि सदन अवरुद्ध गर्दै आएकाे छ ।
