काठमाडाैं । मधेश प्रदेशको प्रदेश सभा बैठक फेरि स्थगित भएकाे छ ।
आजका लागि बोलाइएको बैठक चैत ११ गते बस्नेगरी स्थगित गरिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । विशेष कारणवश बैठक स्थगित भएकाे प्रदेश सभा सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ ।
यसअघि पछिल्लाेपटक फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो । फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।
