रुपन्देही । लुम्बिनी प्रदेशका प्रमखु अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्नुभएको छ ।
प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाका सदस्य उपस्थित हुन अनुरोध गरिएको छ ।
–रासस
