काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको ११औँ र राष्ट्रिय सभाको १२औँ अधिवेशन आज अपराह्न ४ बजे बस्ने गरी आह्वान गर्नुभएकाे छ । संसद् सचिवालयले संघीय संसद्काे दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने लगायत ५ वटा सम्भावित कार्यक्रम तय गरिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
राष्ट्रिय सभा बैठकको सुरुमै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ । त्यसपछि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन, कार्यभार तोकिएको र राष्ट्रिय सभामा सदस्य मनोनयनसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने लगायत ५ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ ।
हेर्नुस् प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे सम्भावित कार्यसूची:
