काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकारको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि नै प्रश्न उठाउनुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै भट्टराईले सिद्धान्त र प्राथमिकता प्रधानमन्त्रीको दलको हो कि अर्थमन्त्रीको दलको हो भनि प्रश्न गर्नुभयो । उहाँले दुई ध्रुवका दलको गठबन्धनले ल्याएको बजेको सिद्धान्त कसको हो भनेर बुझ्न नसकिएको बताउनुभयो । समाजवाद उन्मुख अर्थव्यवस्थाको कुरा गर्ने तर सरकारले उल्टो बाटोमा हिँड्ने काम गरेको उहाँले बताउनुभयो । गाउँ गाउँमा सुरु गरिएका सडक, अस्पताल लगायतका योजनाको बारेमा सरकारको कार्यक्रम नबोलेको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । ‘यो एकातिर हेर्ने र अर्कोतिर हिँड्ने सिद्धान्तले सही गन्तव्यमा पुगिँदैन’, भट्टराईले भन्नुभयो । देशमा व्यापार घाटा व्यापक बढेको तथा मुद्रास्फिर्ती बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभायो । सरकारको प्राथमिकता र सिद्धान्तले ती कुरा समेट्न नसकेको उहाँले बताउनुभयो । सरकारले दातृ निकायसँगको विश्वसनीयता गुमाएको बताउनुभयो । अर्थमन्त्रीले कार्यक्रममा कुनै विश्वसनियताको आधार दिन नसकेको बताउनुभयो ।
एकातिर हेर्ने र अर्कोतिर हिँड्ने सिद्धान्तले गन्तव्यमा पुगिँदैन : योगेश भट्टराई
काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकारको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि नै प्रश्न उठाउनुभएको छ । बुधबार प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
