काठमाडौं । प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल गौतमले युवालाई देशमा नै बस्ने वातावरण बनाउने गरी बजेट बनाउनु पर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै गौतमले मुलुकको बिग्रँदो अर्थतन्त्रलाई मजबुत बनाउने गरी बजेट र कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । कुनै एउटा क्षेत्रमा मात्र लगानी गर्दा त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने उहाँले चेतावनी दिनुभयो । मुलुकलाई धनी बनाउने गरी सबै क्षेत्रमा राज्यको बजेट केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘मुलुक धनी हुनु पर्यो, त्यसको परिणाम लक्षित वर्गले प्राप्त गर्ने छन्’, उहाँले भन्नुभयो । महिला, मधेसी, पछाडि पारिएका समुदायलाई सम्बोधन गर्ने गरी बजे बजेट बनाउन उहाँले सुझाव दिनुभयो ।
मुलुक धनी हुनु पर्यो, त्यसको परिणाम लक्षित वर्गले पाउँछन् : पुष्पा भुसाल गौतम
काठमाडौं । प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल गौतमले युवालाई देशमा नै बस्ने वातावरण बनाउने गरी बजेट बनाउनु पर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
