काठमाडौं । प्रतिनिधि सभा सदस्य हरिबोलप्रसाद गजुरेलले सरकारले राजनीतिक दलसँग छलफल नै नगरी बजेट ल्याउने गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै सांसद गजुरेलले गठबन्धन र राजनीतिक पार्टी भित्र छलफल नै नगरी अर्थमन्त्रीले बजेको सिद्धान्त ल्याएको भन्दै आलाेचना गर्नुभयो । ‘बजेट विनियोजन गर्दा नेतामुखी बनाउँछौँ, पहुँचमुखी बनाउँछौँ’, उहाँले आलोचना गर्दै भन्नुभयो । सरकारको बजेट र कार्यक्रममा भूमि सुधार भन्ने शब्द नै नपरेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । नीति, कार्यक्रम र बजेट बनाउँदा राजनीतिक दल र प्रमुख प्रतिपक्षीसँग पनि छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले गठबन्धनको सरकार भएको अवस्थामा समेत गठबन्धन भित्री पनि बजेटको बारेमा छलफल नभएको उहाँले बताउनुभयो । ‘सिद्धान्त र प्राथमिकताको बारेमा गठबन्धनमा छलफल गर्नुभयो ?’, उहाँले प्रश्न गर्नुभयो ।
अर्थमन्त्रीलाई हरिबोल गजुरेलको प्रश्न : सरकारका सिद्धान्त र प्राथमिकताका बारे गठबन्धनमा छलफल गर्नुभयो ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य हरिबोलप्रसाद गजुरेलले सरकारले राजनीतिक दलसँग छलफल नै नगरी बजेट ल्याउने गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । बुधबार...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
