काठमाडौं । प्रतिनिधि सभा सदस्य झलनाथ खनालले राज्यका नीति तथा सिद्धान्त अनुसार देशको बजेट नबनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै उहाँले अर्थमन्त्रीले संविधिानमा उल्लेख भएको राज्यको नीति तथा निर्देशक सिद्धान्त पढेको भए यस्तो बजेट नआउने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले सरकारका हालसम्म आएका बजेटले नागरिकका आवश्यकता सम्बोधन गर्न नसकेको बताउनुभयो । ‘एक पटक संविधानको भाग चार यहाँले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ’, खनालले भन्नुभयो । खनालले गठबन्धन सरकारले बजेट ल्याउँदा राज्यका निर्देशक सिद्धान्तलाई सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयो । भूमि सुधार कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने गरी सरकारको नीति तथा कार्यक्रम आउनु पर्नेमा उहाँले जोड दिनुभयो । देश प्रति समर्पित भएर विकासमा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । विदेशीले दिन अनुदान लिने र त्यसको कमिसन खाने कुरा अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । खनालले नेपालमा उत्पादन भएको बिजुली घरघरमा पुर्याएर तेलको आयात घटाउन सक्ने बताउनुभयो । बिजुली बेच्ने भन्दा पनि देशमा नै खपत गर्ने तर्फ ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालको सिमाना सुरक्षाको लागि सीमा क्षत्रमा सडक निर्माणको काम अघि बढाउनु पर्ने बताउनुभयो । कालापानीबाट मानसरोवरसम्म पुग्ने सडक तथा उत्तरी सिमानामा पनि सडक बनाइ देशको सीमा सुरक्षा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । हिलाको सुरक्षाको लागि विशेष कार्यक्रम ल्याउनु पर्ने उहाँले बताउनुभयो । कार्बन उत्सर्जनको खतरा रोक्नको लागि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । नत्र हाम्रो हिमाल समाप्त भएर हामी मरुभूमिमा परिणत हुने मात्र होइन, विश्वलाई पनि खतरा हुन्छ’
अर्थ मन्त्रीले राज्यका नीति तथा निर्देशक सिद्धान्त पढेनन् : झलनाथ खनाल
काठमाडौं । प्रतिनिधि सभा सदस्य झलनाथ खनालले राज्यका नीति तथा सिद्धान्त अनुसार देशको बजेट नबनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार...
SUNRISE KHABAR
1 min read
