काठमाडौं । प्रतिनिधि सभा सदस्य उमाशंकर अर्गरियाले कृषि क्रान्ति विना देशको विकास सम्भव नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै अर्गरियाले कृषि क्षेत्रको विकासमा सरकारको ध्यान नगएको बताउनुभयो । उहाँले मल कारखाना, कृषि उपज हुने क्षेत्रको आधारमा कारखाना र गाउँ गाउँमा सडक र विद्युत् सेवा पुर्याउने हो भने बेरोजगारी समेत अन्त्य हुने बताउनुभयो । जुन देशका नागरिक कृषि पेसामा छन्, त्यही देशमा बेरोजगारी हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । देशमा कृषि, उद्योग, पर्यटनको विकास नभई समृद्धि सम्भव नभएको उहाँले बताउनुभयो । कृषिसँग सरकारका मन्त्रीहरूको दुस्मनी रहेको भन्दै उहाँले आलोचन गर्नुभयो । ‘जबसम्म कृषिमा क्रान्ति हुँदैन, तबसम्म देशको विकास सम्भव छैन’, उहाँले भन्नुभयो । अर्गरियाले देशमा व्यापार व्यवसाय गम्भीर संकटमा परेको बताउनुभयो । जब व्यापार व्यवसाय डुब्छ तब बैङ्क पनि डुब्ने कुरामा उहाँले सचेत गराउनुभयो ।
कृषिसँग सरकारका मन्त्रीको दुस्मनी : उमाशंकर अर्गरिया
काठमाडौं । प्रतिनिधि सभा सदस्य उमाशंकर अर्गरियाले कृषि क्रान्ति विना देशको विकास सम्भव नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
