काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले नेपाको बजेट अहिलेको अवस्थामा पुँजीवाद उन्मुख नै हुनु पर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै उहाँले आफूलाई दक्षिण पन्थी, गद्दार र दलाल भन्ने आरोप लागे पनिे नेपालको अर्थव्यवस्था अहिले नै समाजवाद उन्मुख हुन नसक्ने बताउनुभयो । उहाँले कृषिमा आश्रित जनसंख्यालाई १० प्रतिशत भन्दा तल नझारेसम्म देशको विकास हुननक्ने बताउनुभयो । उहाँले सोच समाजवाद उन्मुख राखे पनि अहिलेको अवस्थामा पुँजीवाद निर्माणकै लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको आवश्यकता राष्ट्रिय पुँजीको विकास भएको उहाँले बताउनुभयो । ‘अहिले हामीले समाजवादको कुरा गर्नु भनेको काल्पनिक समाजवाद हो’, उहाँले भन्नुभयो । उहाँले शिक्षा, स्वास्थ्य र ठुला पूर्वाधार राज्यले बनाउनु पर्ने भए पनि उद्योग पर्यटन लगायतको क्षेत्र निजी क्षेत्रलाई नै दिनुपर्ने उहाँले बताउनुभयो । भट्टराईले संरचनात्मक समस्या टालटुल गरेर समाधान नहुने बताउँदै यसको लागि क्रान्ति नै गर्नुपर्नेमा जोड दिनुभयो ।
पुँजीवादको विकास नभई समाजवाद उन्मुख हुन सकिँदैन : बाबुराम भट्टराई
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले नेपाको बजेट अहिलेको अवस्थामा पुँजीवाद उन्मुख नै हुनु पर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
