काठमाडौं । लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता शंकर पोखरेलले दलीय व्यवस्थामा दलबाट निर्वाचित भएका जनप्रतिनिधि दल प्रति जिम्मेवार हुनु पर्ने बताउनुभएको छ । मंगलबार प्रदेश सभा बैठकमा बोल्दै नेता पोखरेलले अहिले जनप्रतिनिधिले दर र कानुन दुवै कुरालाई नमानेको बताउनुभयो । सत्ता पक्ष जिम्मेवार नहुँदा लुम्बिनी प्रदेश सभा बैठक लामो समय अवरुद्ध भएको पोखरेलले बताउनुभयो । कानुनी विषय कानुनी लडाइँको रूपमा रहने र राजनीति विषय जनताको बिचमा लैजाने गरी एमालेले प्रदेश सभाको अवरोध हटाएको उहाँले प्रष्ट पार्नुभयो । सत्ता पक्ष कानुन, दलीय व्यवस्था प्रति जिम्मेवार नभएको उहाँले प्रष्ट पार्नुभयो । सरकार विधि, पद्धति अनुसार नचलेको उहाँले बताउनुभयो । उहाँले वर्तमान प्रदेश सरकारले आफ्नो सरकारले ल्याएका कार्यक्रम कटौती गरेर नयाँ कार्यक्रम ल्याएको भए पनि ती योजना समेत कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । सरकारले हरेक योजना र कार्यक्रमलाई राजनीतिकरण गरेको उहाँको भनाइ छ । विकास प्रशासनमा आफ्नो नेतृत्वको सरकारले झण्डै शतप्रतिशत खर्च गरेर नयाँ रेकर्ड कायम गरेको उहाँले दाबी गर्नुभयो । तर अहिलेको सरकार त्यसमा चुकेको पोखरेलले बताउनुभयो । उहाँले शक्तिको आडमा जित्न सकिने भए पनि इतिहासले भने प्रश्न गर्ने बताउनुभयो । ‘इतिहास निर्मम हुन्छ,इतिहासले माफी दिँदैन’, उहाँले भन्नुभयो । उहाँले सरकार र प्रदेश सभाका सभामुखलाई इतिहासले प्रश्न नगर्ने गरी काम गर्न पनि सुझाव दिनुभयो । एमाले एक कदम पछि हटेर प्रदेश सभा बैठक सुचारु गर्न दिएको उहाँले जानकारी दिनुभयो ।
इतिहास निर्मम हुन्छ, इतिहासले माफी दिँदैन : शंकर पोखरेल
काठमाडौं । लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता शंकर पोखरेलले दलीय व्यवस्थामा दलबाट निर्वाचित भएका जनप्रतिनिधि दल प्रति जिम्मेवार हुनु पर्ने...
SUNRISE KHABAR
1 min read
