काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह नागरिकको घरदैलोमा आधारभूत सेवा पुर्याउने निकाय भएको बताउनुभएको छ । संघीय संसद्को संयुक्त सभालाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आवधिक रूपमा निर्वाचन सम्पन्न गर्ने कार्य निक्कै चुनैतिपूर्ण रहेको बताउनुभयो । सरकारले सफलतापूर्वक स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा उहाँले धन्यवाद दिनुभयो । स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा उहाँले सो प्रक्रियामा संलग्न सबैप्रति सरकारको तर्फबाट आभार व्यक्त गर्नुभयो । स्थानीय तह निर्वाचन निर्धारित समयमा नै भएकोले देशलाई समृद्धिको दिशामा अघि बढाउने आधार तय भएको उहाँले बताउनुभयो ।
स्थानीय तह निर्वाचनले समृद्धिको बाटोमा अघि बढ्ने आधार तय : विद्यादेवी भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह नागरिकको घरदैलोमा आधारभूत सेवा पुर्याउने निकाय भएको बताउनुभएको छ । संघीय संसद्को संयुक्त सभालाई सोमबार सम्बोधन...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
